१३ बैशाख २०८१, बिहीबार
रोनाल्डोलाई ३० करोड युरोको अफर !

  • टाइम्स संवाददाता

  • ३१ असार २०७९, शुक्रबार १५:१०

एजेन्सि: म्यानचेस्टर युनाइटेड युरोपा लिगमा झरेसँगै ‘क्लब’ छोड्न प्रयासरत क्रिस्टियानो रोनाल्डो अहिले च्याम्पियन्स लिग क्लबको अफरको प्रतीक्षामा छन्। केही समयअघि बायर्न म्युनिख र हालै मात्र चेल्सीले रोनाल्डोलाई क्लबमा भित्र्याउन नसक्ने बताएसँगै रोनाल्डोको आगामी यात्रा कहाँ होला अन्योल छ। भलै युनाइटेडले रोनाल्डो आफूलाई आवश्यक रहेको बताएको छ।

यद्यपि यो बीचमा रोनाल्डोलाई ऐतिहासिक मूल्यमा एक क्लबले अफर गरेको खबर सार्वजनिक भएको छ। पोर्चुगलका स्टार रोनाल्डोलाई साउदीको एक क्लबले ३० करोड युरो  अफर गरेको छ। रिपोर्ट अनुसार यदि रोनाल्डोले अफर स्वीकार गर्ने हो भने उनी इतिहासकै सर्वाधिक धेरै तलब लिने खेलाडी बन्नेछन्।

यद्यपि साउदीको कुन क्लबले उनलाई अफर गरेको भनेर खुलाइएको छैन्। तर उक्त क्लबको अफर रोनाल्डोले स्वीकार्ने सम्भावना भने छैन। किनकि उनी अझै केही वर्ष युरोपकै प्रतिष्ठित लिगमा आफूलाई देखाउन चाहन्छन्।

रोनाल्डोको इङलिस क्लबमा आगामी सिजनसम्मका लागि सम्झौता गरेका छन् तर उनको करिअरको अन्तिम समयसँगै उनी अबका वर्षहरूमा च्याम्पियन्स लिग गुमाउन चाहँदैनन्। रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेड आएका थिए तर उनको दोस्रो युनाइटेड आगमन भने सुखद रहेन। उनले ३० खेलमा १८ गोल गरे पनि टिम प्रिमियर लिगको छैटौँ स्थानमा रहन पुग्दा च्याम्पियन्स लिगमा छनोट हुन सकेन।

Nabintech