१६ चैत्र २०८०, शुक्रबार
व्यबसायिक हकहितका लागि स्थानिय सरकार आफनो दायित्वबाट नपञ्छिने: नगर प्रमुख आचार्य

पर्यटन पर्बद्धनमा होटल ब्यबसायिहरुको महत्वपुर्ण भुमिका हुने


  • प्रमोद रिजाल

  • ३२ असार २०७९, शनिबार १६:१०

कोहलपुर:  होटल ब्यबसायी संघ बाके कोहलपुरले पांचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रम एक समारोहका बिच सम्पन्न गरेको छ ।

पांचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुलाई शानिबार रोहिणि पिक्निक स्पटमा आयोजित बनभोज तथा शपथ ग्रहण समारोहमा पदभार हस्ताण्तरण गराउदै निर्बाचन मण्डलका अध्यक्ष बिश्वराज खनालले नगर प्रमुख पुर्ण प्रसाद आचार्य तथा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालको आतिथ्यतामा सपथ ग्रहण तथा पद भार ग्रहण गराएका हुन ।

यसरी पदभार ग्रहण गर्ने नबनिर्बाचित पदाधिकारीहरुमा अध्यक्ष मोहन रिजाल, बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष लक्ष्मण थापा मगर, महिला उपाध्यक्ष खिमा राना, महासचिबमा लक्ष्मण बहादुर खत्रि, सिचब बिष्णु बहादुर कार्कि, कोषाध्यक्ष खिमराज बेल्बासे, सह कोषाध्यक्ष कमल बहादुर शाहि र सदस्यहरुमा राम प्रसाद हमाल, राज बहादुर कार्कि, दुर्ग प्रसाद भण्डारी, प्रेम बहादुर खत्रि नन्द प्रसाद जैसि, नरेश जंग अर्याल सूर्य बहादुर पौडेल तथा मनोनित सदस्यहरुमा सरिता थापा, शरद रेग्मि र मधु खनाल रहेका छन ।

नबनिर्बाचित अध्यक्ष मोहन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले व्यबसायिक हकहितका लागि स्थानिय सरकार आफनो दायित्वबाट नपञ्छिने बताउदै ब्यबसायिहरुले संगठित भएर आफनो हक अधिकार सुनिश्चितता तर्फ अग्रहर भएको पाउदा आफु निकै उत्साहित भएको बताए ।

पर्यटन पर्बद्धनमा होटल ब्यबसायिहरुको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै नगर प्रमुख आचार्यले व्यबसायिहरु आफनो ब्यबसायमा अत्यन्तै मर्यादित शिष्ट र शशक्त रुपले सञ्चालन गर्नुपर्ने धारण ब्यक्त गरे ।

नगर भित्रका संघ संस्थाको सफलता नै स्थानिय सरकारको सफलता भएको औंल्याएका नगर प्रमुखले होटल ब्यबसायिहरुले आफनो गुणस्तरतामा कुनै सम्झौता गर्न नहुने जिकिर गरे ।

होटल ब्यबसायी संघ बाके कोहलपुरमा साना तथा मझौला ब्यबसायि मात्र आबद्ध भएको प्रति इंगित गर्दै संघले स्टार होटललाइ समेत आफनो संघमा आबद्ध गराउन सके उच्च स्तरको प्रभाब पर्ने र बाहिर हेर्ने दृष्टिमा समेत परिबर्तन हुने कुरामा जोड दिए ।
कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र शाहले होटल ब्यबसायिहरुले होटलहरुको संरक्षण, पर्बद्धन गर्न आफनो वडाले हातेमाले गर्ने बताउदै होटलहरुलाई वडाले गर्न सक्ने सहयोगका लागि आफुले कुनै कसुर बांकि नराख्ने बताए ।

होटल ब्यबसायि कोहलपुरका बरिष्ठ सल्लाहकार विश्वराज खनालको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमको सञ्चालन होटल ब्यबसायि खेमराज शर्माले गरेका थिए ।

ब्यबसायिहरुको जमघटबिच बिभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा होटल ब्यबसायि संघका सल्लाहकार पुर्ब पदाधिकारि तथा कोहलपुर देखि अघैया सम्मका होटल ब्यबसायिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

 

नगर प्रमुख आचार्यको सम्बोधनको पुर्ण पाठ:

Nabintech