१२ श्रावण २०८१, शनिबार
लुम्बिनी प्रदेश विश्व विद्यालय स्थापनाको लागि नागरिक चासो

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७९, आईतवार ०५:२२

खजुरा (बाँके) : लुम्बिनी प्रदेश सरकारद्वारा बाँकेको खजुरामा प्रस्ताव गरिएको लुम्बिनी प्रदेश विश्व विद्यालयको स्थापनाको लागि नागरिकस्तरबाट चासो देखाईएको छ ।

खजुरामा शनिबार लुम्बिनी प्रदेस विश्व विद्यालय नागरिक सरोकार विषयक छलफल गोष्ठीका सहभागिले प्रदेश सरकारले घोषणा गरेको प्रस्तावित विश्व विद्यालय सञ्चालनको लागि तत्काल आवश्यक पहल गर्न जनप्रतिनिधि र शिक्षाका सरोकारलाई आग्रह गरिएको हो ।

नागरिक सरोकारका तर्फबाट कपिन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेस सभा सदस्य आईपी खरेलले प्रदेश विश्व विद्यालय खजुरामा नै बन्ने कुरामा ठोकुवा गर्दै यसको स्थापना र सञ्चालनको बाताबरण तयार पार्न आग्रह गरे ।

उनले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाको लागि भएका प्रयासको बारेमा जानकारी दिदै सबैले अपनत्व र जस लिने गरी सामुहिक भावनामा अघि बढ्न आग्रह गरे । उनले भने–‘ हामी सबैको सामुहिक प्रयासले मात्र खजुरामा प्रदेश विश्व विद्यालय स्थापना हुन ग्यारेन्टी भएको छ ।’

खजुरा गाउपालिकाका निर्वतमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो कार्यकालमा प्रदेश विश्व विद्यालयको लागि आवश्यक जमिन खोजि गरि सुनिश्चितता गरेको भए पनि प्रदेश योजना आयोगबाट चलखेल हुँदा विश्व विद्यालय खजुरामा हुने कि नहुने अनिश्चित बन्दै गएको बताए । उनले सबैको प्रयासले मात्र विश्व विद्यालय स्थापना संभव हुने ठोकुवा गरे ।

सो अवसरमा प्रदेस सभा सदस्य कृष्णा केसी नमूना, शिक्षाविद् डा. जनार्दन आचार्य, डा कृष्ण आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, शिक्षाबिद् भक्तबहादुर केसी, शरण कर्माचार्य, युवा नेता भिम ओली, विवेक मल्ल लगायतले खजुरामा विश्व विद्यालय स्थापना र सञ्चालनका लागि आ–आफ्नो तहबाट वाताबरण तयार गर्नको लागि पहल गरिनु पर्ने निश्कर्ष निकालिएको हो ।

Nabintech