१४ बैशाख २०८१, शुक्रबार
नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार ०८:३३

साउन : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल आठ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि कलुम म्याकलिओडले ६४ रन बनाए । यस्तै किले कोटजेरले नटआउट ४४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०र१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सातरसात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् ।

स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टोफर म्याकब्राइटले एक विकेट लिए ।

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ ।

नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३४ अङ्कसहित दोस्रो र नामिबिया १८ खेलमा १८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

Nabintech