१३ बैशाख २०८१, बिहीबार
जुम्लाका एक सय ४३ जना भेडापालक किसानले पाए गोठालो भत्ता

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार ०८:३९

जुम्ला: जुम्लाका एक सय ४३ जना भेडापालक किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेकामध्ये एक सय ४३ किसानलाई भत्ता दिइएको हो ।

स्थलगत रिपोर्टिङ र मूल्याङ्कनपछि निवेदन दिएकामध्ये एक सय ४३ जनाले गोठालो भत्ता पाएका पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो । ‘सरकारले जुम्लामा भेडाको सङ्ख्या बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न सहज होस् भनेर उनीहरूलाई प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ’, उहाँले भन्नुभयाे ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयको सहयोगमा भेडापालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको हो । कार्यालय प्रमुख महतका अनुसार ५० वटाभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको छ ।

आइतवार चट्याङले मरेका भेडाका पीडित किसानलाई राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख महतले भेडापालन किसानलाई सरकारले भत्ता कार्यक्रम निकै राम्रो ल्याएको बताउनुभयो ।  पातारासी गाउँपालिकामा चट्याङमा परि मरेका एक सय ३० वटा भेडाका पालकलाई पाँ लाख २० हजार रुपैयाँ राहत वितरण गरिएको छ ।

Nabintech