७ बैशाख २०८१, शुक्रबार
प्रचण्डमाथि भीम रावलको कटाक्ष : आशे र दासे कुटनीतिबाट कहिले मुक्ति पाउने ?

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार ०८:५०

काठमाडौं :  नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतलाई कच्चा कुटनीतिको संज्ञा दिएका छन्।

ट्विट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई ‘कच्चा कूटनीति’को संज्ञा दिएका हुन्।  झुक नीतिको आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने रावलको भनाइ छ।

उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने उनले उल्लेख गरेका छन्। ‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं प्रचण्डजीले भनेको सुनियो,‘ उनले लेखेका छन्, ‘कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति।  यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ।”

भारतीय कांग्रेसको पछाडि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै त्यसबाट नेपाली कम्युनिस्ट नेताले पाठ सिक्नुपर्ने उनको भनाइ छ।

Nabintech