६ बैशाख २०८१, बिहीबार
जनार्दन प्रकरण: अर्थ मन्त्रालयबाट सिसिटिभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार ११:४२

काठमाडौँ : अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित छानबिन समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

“जेठ महिनाको सिसिटिभी फुटेजको हार्ड डिस्क मगाएका छौँ , त्यो प्राप्त भयो भने प्राविधिक राखेर अध्ययन गर्नेछौँ” समिति सदस्य लक्ष्मणलाल कर्णले भन्नुभयो,  । उहाँका अनुसार आइतबार राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानबिन र अध्ययन गरेको थियो ।

जेठ महिनाको सिसिटिभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सिसिटिभी फुटेजका लागि पुन ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्राविधिक अध्ययन सकिएपछि सो प्रकरणमा राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ ।  “प्राविधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ” उहाँले भन्नुभयो ।

Nabintech