१५ चैत्र २०८०, बिहीबार
दाङ-सल्यान सडक खण्ड अवरुद्ध

दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ


  • टाइम्स संवाददाता

  • ३ श्रावण २०७९, मंगलवार १२:२७

दाङ :पहिराे गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक ठप्प भएकाे हाे ।

पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण  ‍सडक सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

Nabintech