१५ चैत्र २०८०, बिहीबार
ढिला गरी सुरु भयो एन्फा कार्यसमिति बैठक

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०७९, बिहीबार ०९:५९

काठमाडौँ : पङ्कजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाए पनि ढिला गरी ८ः३० मा मात्रै सुरु भएको हो।  गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो ।

बैठकमा  विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल)देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आउनुभएका पङ्कज आज निकै दबाबमा हुनुहुन्छ ।

उहाँलाई तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सह महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुदैछ ।

Nabintech