८ बैशाख २०८१, शनिबार
प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०७९, बिहीबार १२:१९

काठमाडौं: नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानको संगीत छ ।

गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

https://www.youtube.com/watch?v=LKHSMtrlkuw&t=3s

Nabintech