• १८ आश्विन २०७९, मंगलवार
कालिकोटमा हायस दुर्घटना एकको मृत्यु नौ घाइते

मृतक र घाइतेहरुको सनाखद हुन सकेको छैन


  • टाइम्स संवाददाता

  • ५ श्रावण २०७९, बिहीबार १९:२२

सुर्खेत : बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको  जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन । गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको उनले बताए ।

Nabintech