१४ बैशाख २०८१, शुक्रबार
बेत्रावति सन्धिबारे राष्ट्रपतिको चासो

  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७९, शुक्रबार १५:३९

नुवाकोट : राष्ट्रपति विद्यादेवी भण्डारीले नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतिमा भएको बेत्रावति सन्धिमा चासो राख्नु भएको छ ।आज सन्धि भएको स्थानको स्थलगत अवलोकनसँगै राष्ट्रपति भण्डारीले सन्धिको बारेमा चासो राख्नुभएको हो राष्ट्रपति भण्डारीले ऐतिहासिक स्थलहरूको संरक्षण हुनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सहयोगका लागि पहल गर्ने बताउनु भयो ।

राष्ट्रपतिले बेत्रावती सन्धि स्थलको संरक्षणका लागि गर्नुपर्ने काम लिखित रूपमा एक साताभित्रमा राष्ट्रपति कार्यालयमा पठाउन निर्देशन दिनु भएको छ । सन्धिको विषयमा थप जानकारी स्थानीय अस्टमान डंगोलले दिएका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीलाई उतरगया गाउँपालिकाले उत्तरगया क्षेत्रको बारेमा लिखित डकुमेन्ट प्रदान गरेको छ ।

राष्ट्रपतिले त्रिशुली नदीमा स्नान गरेर विष्णु विष्णुपादुकामा पूजा गरेको र माथि राममन्दिरको पनि दर्शन गर्नु भयो । राष्ट्रपतिले उत्तरगया क्षेत्रमा पृतिलाई तर्पण तथा भगवान राम मन्दिरमा स्थानीय पुजारी बसन्त लामिछाने मार्फत् पूजा गराउनु भयो ।

यसैसन्दर्भमा, रसुवा जिल्लाका जिल्ला समवन्य समितिका अध्यक्षसहितको टोलीलसँग उत्तरगया क्षेत्रको विषयमा जानकारी गराएको थियो । सो अवसरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल पनि सहभागी रहेका थिए ।

राष्ट्रपतिले नुवाकोटमा बनेको पृथ्वी संग्राहलय पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको संरक्षणमा बनिरहेको पृथ्वी संग्राहलयमा पृथ्वीनारायण साहको नुवाकोटसँग सम्बन्धित सामग्रीहरू राखिने छ ।

के हो बेत्रावती सन्धि ?

बेत्रावती सन्धि वि.सं. १८४९ (सन् १७९२) मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल-तिब्बत रचीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो ।

युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटेर चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग वेत्रावतीको सन्धी गर्नु पर्‍यो ।

Nabintech