• ४ भाद्र २०७९, शनिबार
गजल

  • सुरेशकुमार पान्डे

  • ६ श्रावण २०७९, शुक्रबार १६:१०

खोला उर्लियो तरपनि बगर उस्तैछ,
ढुङ्गालाई नि पौडिरहने रहर उस्तैछ।
पानीमा लुकेरपनि मर्छन माछाहरू,
मानिसलाई त योपनि खबर उस्तैछ।
घर छाडी गयो समस्य पर्यो भन्थ्यो,
आज त्यो घर नै भयो वे घर उस्तैछ।
कसै गरेपनि छैन चयन मानिसलाई,
शक्तिशाली भयो तरपनि डर उस्तैछ।
आफै बोक्सि र आफै झांक्री बनेका,
यो माहोलछ बांकी सकभर उस्तैछ।
देश छोड्दै गयो पेट सँग सँगै आयो,
सुधार भएन हालात झरझर उस्तैछ।
मनको बगैचा थुप्रै फूल फुलेकै छन,
यथार्थमा एउटा पाटो बञ्जर उस्तैछ।
Nabintech