१३ बैशाख २०८१, बिहीबार
टेन्डर आह्वान हुदा पनि रोकिएन कवाडीका नाममा असुली

  • टाइम्स संवाददाता

  • ७ श्रावण २०७९, शनिबार ०९:३०

कोहलपुर नगर पालिका भित्री अनाधिकृत रुपमा कर असुलि भैरहेको गुनासो स्थानिय चप्परगौडि बासिहरुले गरेका छन।चप्परगौडिमा अनाधिकृत रुपमै कवाडी कर असुलि भैरहेको हो। कोहलपुर नगरपालिकाले आर्थिक बर्ष सकिएसंगै बिभिन्न नयाँ टेन्डर आह्रवान गरेको छ । जसमध्ये एक हो कबाडी मालसमान, जडिबुटी बिक्रि वितरण तथा उपयोगमा लाग्ने कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धी बोलपत्र आह्वान ।तर सुचना प्रकाशित भएपनि सम्झौता भने भएको छैन तर असुलि धमाधम भैरहेको छ।
बिभिन्न क्षेत्रबाट कबाडीमा मनलाग्दी तरिकाले गुनासो गरेपछि कोहलपुर नगर कार्यपालिकाले उक्त शिर्षकमा २०७९ साल श्रावण १ गते कोहलपुर नगरपालिकाको पेजमा नयाँ टेन्डर आह्वान गरेको हो । नयाँ टेन्डर आह्वान गरेको भएता पनि कबाडीका नाममा रकम असुल्ने काम भने रोकीएको छैन । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय कोहलपुरको आन्तरिक रसिदको नाममा अनुदिप विल्डर्स एण्ड इन्भेस्टमेन्टको फर्म मार्फत पनि राजस्व संकलन कार्य भैरहेको प्रमाण कोहलपुर टाइम्सलाई प्राप्त भएको छ । यसरी पुरानो पर्मसंगको सम्झौता सकिए पछि नयाँ टेन्डर आह्वान भइसकेपश्चात नयाँ पक्रियाबाट सम्झौता नभएको खण्डमा राजस्व कर उठाउन नपाइने जानकारहरु बताउछन ।
यस बिषयमा बुझ्न खोज्दा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ सम्पर्क हुन सकेन। यसै बारे बौझ्दा कोहलपुर नगरपालिकाका लेखा अधिकृत युवराज अधिकारीले मनोमानीरुपमा कर संकलन भैरहेको र यसलाई नियन्त्रण गर्नकालागि नगरपालिकाले थाहा पाउने बित्तिकै नयाँ टेन्डर आह्वान गरेको जनाकारी दिनुभयो । साथै उहाँले यसरी नयाँ टेन्डर आह्वान भइसकेपछि र नयाँ आर्थिक बर्षको लागु भएपछि राजस्व उठाउन नयाँ फर्मसंग सम्झौता भएपछिमात्र लागु हुने ब्यबस्था रहेको जानकारी दिनुभयो । नगरपालिकाको नाम प्रयोग गरि प्राइभेट फर्महरुले यसरी राजस्व संलन गर्दा समेत कोहलपुर नगरपालिका किन बेखबर छ? स्थानिय प्रश्न गरिरहेका छ्न। आर्थिक बर्ष सकिदै गर्दा र नयाँ टेन्डर आह्वान भएसंगै पुराना रहेका फर्महरु स्वत निष्क्रीय हुने गर्दछन । यस्ता फर्महरुले राजस्व उठाउनकालागि नगरपालिकाको कार्यकापलिकाले निर्णय गर्नुपर्ने हुन्छ त्यो पनि भएको पाइदैन। यस बिषयमा कुनै निर्णय नभएको नगरपालिकाका कर्मचारीहरु बताउछन । यसरी मनलाग्दी रुपमा नगरपालिकाको नाममा व्यक्ति पोस्ने काम किन जनप्रतिनिधहरुबाट भैरहेको छ ? जनप्रतिधिहरुसंग कोहलपुरका जनताहरुको धेरै विश्वास र भरोसा रहेको भएता पनि यस्ता खालका गतिबिधीबाट कस्तो अपेक्षा गर्ने । राजस्व नगरपालिका मै जम्मा हुने होला कि नहोला? जिज्ञासा बढीरहेको छ ।
यस बिषयमा आफुहरुलाई जानकारी आएपश्चात सबै कामहरु बन्द गराईएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । उनले भने हिजो शुक्रबार आफुहरुले यस्ता गतिबिधीहरु रोक्न लगाएको र निगरानी पनि गरिरहेको जानकारी दिए ।
Nabintech