१२ बैशाख २०८१, बुधबार
७० बढी देशमा १६ हजारभन्दा बढीमा मंकीपक्स भाइरसको संक्रमण

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०८:२४

काठमाडौं:विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।  सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ । बेलायतको बकिङ्घम युनिभर्सिटीका मोलिक्युलर एपिडेमिलोजिस्ट डा हेलेन विमलरत्न भन्छिन्, “यो घोषणा डर फैलाउनको लागि होइन।  मंकीपक्सको मामलामा हामीलाई थप अनुसन्धान आवश्यक छ। किनभने यो हामीले अफ्रिकामा परम्परागत रूपमा देखेकोभन्दा फरक छ।”

Nabintech