१४ बैशाख २०८१, शुक्रबार
पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०८:४२

बुटवल: पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

Nabintech