१२ बैशाख २०८१, बुधबार
कांग्रेस नेताहरूकै मिलेमतोमा नेपाली नागरिकता बेचिँदै

वडा अध्यक्ष गोलेको सिफारिसमा भारतको कालिङ्गपोङ्ग घर भएकी २१ बर्षिया रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नागरिकता दिएको थियो


  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १५:०७

काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरूकै मिलेमतोमा नेपाली नागरिकताको प्रमाणपत्र बेचिएको छ । बाराको निजगढ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गोलेको सिफारिसमा एक भारतीयलाई नागरिकता बेचिएको हो । नागरिकता बेच्न नेपाली कांग्रेसकै नेताको परिवारका सदस्यहरुलाई बाबु र आमा बनाई नागरिकता बेचिएको छ । उनीहरू पनि कांग्रेसको सक्रिय सदस्य हुन ।

वडा अध्यक्ष गोलेको सिफारिसमा भारतको कालिङ्गपोङ्ग घर भएकी २१ बर्षिया रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नागरिकता दिएको थियो । राजनीले ३३–२–७९–००५१३ नम्बरको नागरिकता प्राप्त गरेकी छिन ।

वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार गरेर जेठ २४ गते नागरिकताका लागि सिफारिस गरेको थियो । रजनीको जन्मदर्ता गराउन निजगढी नगरपालिका वडा नम्बर १२ का नेपाली कांग्रेसका वडा सभापति सोनामसिंह गोलेका भाइबुहारी श्यामराज र जिरामायालाई आमा र बुबाका रूपमा तयार पारिएको थियो ।

उनीहरूले नागरिकता बिक्रीलागि गरेको सेटिङका लागि प्रहरीकाे समेत प्रयोग गरेको देखिएको छ । वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भएपनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ ।

प्रहरी चौकीको क्षेत्रमा पर्ने भए पनि सर्जमिन इलाका प्रहरी कार्यालय गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिएका छन ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । नागरिकता बेचिएको कुरा बाहिर आएपछि वडा अध्यक्ष गोलेले कानुनी कारबाहीबाट बच्नका लागि आफूलाई गुमराहमा राखिएको बताएका छन । तर उनकै योजनामा सबै काम भएको वडा कार्यालय स्रोतले जनाएको छ । नागरिकता बिक्रीका लागि नक्कली आमा र बुबा बनेका श्यामराज र जिरामाया भने अहिले फरार भएका छन । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

Nabintech