• १५ माघ २०७९, आईतवार
पहिरोले घोराही-रोल्पा सडक अवरूद्ध

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १२:१८

 घोराही:पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरूद्ध भएको छ। गए राति लेदोसहित पहिरोले सडक अवरूद्ध भएको थियो।गृहमन्त्री बालकृष्ण खाणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिका १३ बगाले भन्ने ठाउँमा लेदोसहित पहिरो खसेपछि सडक अवरूद्ध छ। सडक विभाग, प्रहरीलगायतले पहिरो हटाउने काम सुरू गरेका छन्। अब दुई घन्टाभित्रमा सडक पुन: सञ्चालनमा आउने बताइएको छ।
Nabintech