१२ श्रावण २०८१, शनिबार
यसवर्ष बाँकेबाट जडीबुटीको निर्यात घट्यो

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १५:२४

नेपालगञ्ज : नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष ५ हजार टन जडीबुटी निर्यात गरेकोमा यस वर्ष भने २ हजार टन मात्र जडीबुटी निर्यात गरेको छ । नेपालका विभिन्न जिल्लामा खेति गरिएका र जंगलबाट संकलन गरिएका ३० प्रकारका जडीबुटी बाँकेमा आउने गर्छन् ।

सरकारले जडीबुटीप्रति ध्यान नदिएको र सहजिकरण नगर्दा व्यापकरुपमा खेति हुन नसकेको जडीबुटी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए । सरकारले जडीबुटी खेतितर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाई छ ।

जडीबुटी कम उत्पादन हुनु, भारतीय कस्टममा निर्यातमा समस्या, भारतको क्वारेनटाइनमा नेपालका जडिबुटी सुचिकृत नहुनुका कारण निर्यातमा कमि आएको उनले बताए । अहिले पनि २ हजार टन जति जडीबुटी संघमा थन्किएको छ ।

नेपालको प्लान क्वारेन्टाइनले भारतको प्लान क्वारेन्टाइनसँग समन्य गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सुचिकृत गराउन सके निर्यातमा समस्या नहुने उनले बताए । अध्यक्ष शर्माले सरकारले निर्यातमा कुनै पनि कदम नचालेको गुनासो गरे । धेरै समय स्टकमा राख्दा जडीबुटीको क्वालिटिमा ह्रास आउने, मुल्यमा घटबढ हुने गरेको उनले जिकिर गरे ।

यदि सरकारले ठोस कार्यक्रम ल्याउने हो भने तीन प्रकारको वातावरण भएको नेपालमा २० करोड बराबरको जडीबुटी उत्पादन गरेर छिमेकी देशहरुमा निर्यात गर्न सकिने उनले जानकारी दिए । यस वर्षबाट जडीबुटी व्यवसायीका लागि सरकारले बिमाको व्यवस्था गरेकोले त्यो राम्रो पक्ष भएको उनले बताए ।

Nabintech