१३ बैशाख २०८१, बिहीबार
४१औं विपी स्मृति दिवसका अवसरमा डुडुवामा बृक्षारोपण

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १५:२६

नेपालगञ्ज : बाँकेको डुडुवामा आज बृक्षारोपण गरिएको छ । ४१औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजना तथा डुडुवा गाउँपालिका कार्यसमितिको समन्वयमा डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन परिसरमा बृक्षारोपण गरिएको हो ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षता एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले संगठन निर्माणमा इमान्दारीपूर्वक लाग्न आह्वान गरेका छन् ।

गुट उपगुट नभनी कांग्रेस बनाउनतर्फ लाग्न उनीहरुको आग्रह छ । विपीले बनाएको पार्टीलाई विपीको विचार र आदर्शमा हिँडाउन सबै मन, बचन र कर्मले प्रतिबद्ध हुनुपर्ने भन्दै बक्ताहरुले विपीलाई सम्झेर कांग्रेस बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, नेताहरु निरन्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह, जिल्ला समन्वय समिति प्रमुख एवम् प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी लगायतले बोलेका थिए ।

बृक्षारोपण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्र कार्यसमितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिति थियो ।

Nabintech