• ३ भाद्र २०७९, शुक्रबार
आजबाट सुरु भयो गुँला पर्व

  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७९, शुक्रबार ११:०२

काठमाडौं : आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा पुग्ने गर्छन्। काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ।

Nabintech