१६ चैत्र २०८०, शुक्रबार
ताइवानको विषयमा चीन र अमेरिकाले एक अर्कालाई दिए चेतावनी

  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७९, शुक्रबार ११:१६

एजेन्सी: ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताउनुभएको छ । साथै उहाँले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गर्नुभएको छ । तर चिनियाँ राष्ट्रपति सी ले बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिनुभएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलाेसी ताइवान भ्रमणमा जान लागेको खबरपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ । अमेरिकी परराष्ट्र मन्त्रालयले पेलाेसीको कुनै त्यस्तो भ्रमण योजना नरहेको बताएको छ । चीनले यो भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ । चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ ।

Nabintech