७ बैशाख २०८१, शुक्रबार
नेपालको गुप्तचर निकम्मा नै भएको हो ?

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७९, मंगलवार ०६:१३

काठमाडौं –  राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अधिकृतहरु हुन् वा सूचक सरकारलाई आवश्यक र भरपर्दो सूचना दिन नसकेको आरोप लागिरहेको छ । विभागका कर्मचारीहरू पत्रपत्रिकामा प्रकाशित समाचार सारेर रिपोर्ट बनाउने गरेको आरोप छ । राजनीतिक रूपमा अब के हुन्छ भन्ने विषयमा विभागले भित्रैसम्म छिरेर सूचनामा पहँ‘च र दख्खल राख्न नसकेको आरोप खेप्दै आएको छ । राजनीतिक सिनारियो कता जाँदैछ, गठबन्धन कसरी अगाडि बढ्ला र विदेशीहरुको चलखेल र ध्यान केमा केन्द्रित छ भन्ने जस्ता महत्वपूर्ण विषयमा विभागले प्रभावकारी सूचना भेट्ट्याउन नसकिरहेको स्रोत बताउछ ।

नेपालमा बढ्दो विदेशी गतिविधि, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, बन्न लागेको समाजवादी केन्द्रको वारेमा पनि विभागसँग भरपर्दो सूचना नरहेको आरोप खेपिरहेको छ । २०७९ मंसिरमा हुने भनिएको आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा छुट्टै गठबन्धन गर्लान वा के गर्लान यस्ता विषयमा विभागले ठोस र भरपर्दो सूचना संकलन गर्न नसककेको आरोप छ ।

आजभोलि नेपाली नेताहरु नयाँ दिल्लीमा के खेतीपाती गर्दैछन् रु लोकतान्त्रिक समाजवादी पार्टीको भूमिका कस्तो रहन्छ रु एमाले कसरी अगाडि बढ्छ रु क्रान्तिकारी माओवादी, नेकपा विप्लव, नेकपा बहुमत, नेकपा मसाल कसरी अगाडि बढ्लान रु गोपाल किरातीको भूमिका के होला रु नेपालको राजनीतिमा भारत, चीन, अमेरिका र युरोपियन मुलुकहरुको भूमिका र चलखेल के हँ‘दैछ रु यस विषयमा पनि विभाग नेतृत्वसँग विश्वसनीय सूचना नरहेको मन्त्रिपरिषद् स्रोत बताउछ ।

एमसीसी कार्यान्वयन गर्ने नाममा अमेरिकाले के कस्ता किसिमका सैनिक चलखेल र गुप्त योजना बनाउदैछ, चीनले वामपन्थी दललाई कसरी अगाडि बढ्न सहयोग गर्दैछ, तिब्बतीयन शरणार्थी र रोहिंग्या शरणार्थीहरूलाई अमेरिका र युरोपियन मुलुकहरुले के कसरी प्रयोग गर्दैछन् अनि युरोपियन युनियनले कस्तो रणनीति बनाउदैछ, नेपालमा लागू औषधको बढ्दो कारोवार, कुन रुटबाट, कसरी लागू औषध भित्रिदैछ र यसको जालो कसरी फैलिंदैछ भन्ने विषयमा पनि राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयलाई भरपर्दो सूचना उपलब्ध गराउन नसकिरहेको स्रोत बताउछ ।

डलरको हुण्डी कारोवार कहाँ कसरी भैरहेको छ, राजस्व छलि, चुहावट, तस्करी, मुनाफाखोरी कहाँ कहाँ के कसरी भैरहेको छ रु यस विषयमा पनि ऊ बेखवर रहेको बताइन्छ । स्रोत भन्छ, संगठित अपराध, गुण्डागर्दी, ठगी, मानव तस्करीमा को को संलग्न छन् भन्ने विषयमा पनि गुप्तचर विभाग जानकार छैन । यस्ता इन्टेलिजेन्स सूचना कन्ट्रोलसँग छैन । विभागले आफ्ना संयन्त्रहरूलाई सही सूचनाका लागि संवेदनशील ढंगले परिचालन गर्न समेत नसकेको आरोप छ । सामान्य सूचना बाहेक गुप्तचरले अन्य सम्वेदनशील सूचना दिन नसकेको र उसको भन्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सूचनामा विस्तृत विवरण र भावी सम्भावित सूचना रहने गरेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएको छ ।

साँधु न्युजबाट साभार

Nabintech