८ बैशाख २०८१, शनिबार
थप ७६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७९, बिहीबार १५:४५

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   ५ हजार ९ सय २६ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत २ हजार ५ सय ८९  र एन्टिजेनमार्फत ३ हजार ३ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज मात्र ३ सय २४ जना कोरोना मुक्त भएका छन्।

यो अवधिमा ४७ हजार ३ सय ४१ जनाले खोप लगाएका छन्।  हालसम्म ५ हजार ६ सय ०२ जना संक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ।

Nabintech