१५ चैत्र २०८०, बिहीबार
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

सडक विहान साढे सात बजेबाट सञ्चालनमा आएको हो


  • टाइम्स संवाददाता

  • २० श्रावण २०७९, शुक्रबार १०:१५

भरतपुर:पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। भरतपुर २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खसी गएराती २ बजेदेखि अवरुद्ध भएको सडक विहान साढे सात बजेबाट सञ्चालनमा आएको हो ।

सडक विभागको समन्वयमा लेदो पञ्छाई दुइतर्फी सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्म बहादुर अधिकारीले जानकारी दिनु भयो  पहिरो पञ्छाएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । केही दिन यता उक्त स्थानमा पटक पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुदाँ यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

Nabintech