• ४ भाद्र २०७९, शनिबार
सर्ने र नसर्ने रोग एकै ठाउमा जांच्नुपर्ने मटेहिया स्वास्थ्य चौकिको बाध्यता

स्वस्थ मानिसमा रोग सर्ने त्रासदि, बिरामीको चाप बमोजिम प्रयाप्त स्वास्थ्य उपकरण, सिमित बजेटको औषधि र भबन आभाब मुख्य समस्या


  • प्रमोद रिजाल

  • २० श्रावण २०७९, शुक्रबार १५:०६

नेपालगञ्ज :बाँकेको नरैनापुर वडा नं. ५ मा अबस्थित मटेहिया स्वास्थ्य चौकिले सांघुरो र सिमित स्थानबाट आफनो सेवा दिंदै आएको छ । स्वास्थ्य चौकिले कम्तिमा ५ कठ्ठा जमिनभित्र भौतिक संरचना बनाई स्वास्थ्य सेवा दिनुपर्नेमा मापदण्ड अनुरुपका संरचना नहुदा स्वास्थ्य सेवा दिन नसकेको हो । चौकिले क्षेत्रफल अभाबका कारणले करिब १ कठ्ठा जमिनभित्र सांघुरा संरचना मार्फत स्वास्थ्य सेवा दिन बाध्य भएको छ ।

भौतिक पुर्बाधारको कमिका कारण कुष्ठरोग, टिबिका जस्ता सरुवा रोगका बिरामीहरुलाई अन्य सामान्य बिरामीलाई जांच गर्ने स्थलमै उपचार गर्नुपर्दा अन्य स्वस्थ नागरिकलाई समेत रोग सर्ने जोखिम भएको मटेहिया स्वास्थ्य चौकिका ईन्चार्ज प्रेम बुढा बताउछन । रोग सर्ने त्रासदिका बिच उपचार गर्न बाध्य छौं सर्ने रोग पत्ता लागेका बिरामीलाई उपचार नगरि फिर्ता गर्न मिलेन ईन्चार्ज बुढाले भने ।

ईन्चार्ज बुढाका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा १२ जना कुष्ठरोगी पत्ता लगाई उपचारपश्चात निको बनाएको यस स्वास्थ्य चौकिले आर्थिक बर्ष ०७८/०७९ मा थप ६ जना कुष्ठरोगि पत्ता लगाई नियमित औषधि सेवन पश्चात ४ जना निको भएको र २ जनामा उपचार चलिरहेको छ ।

कुष्ठरोगी मात्र हैन यस स्वास्थ्य चौकिले कन्ट्याक्ट ट्रेसिङमार्फत टिबिका रोगीहरु पत्ता लगाई उपचार समेत गर्ने गरेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १३ जना टिबिका रोगी पत्ता लगाई ४ जनालाई निको बनाएको छ । यसबिच एक जना टिबि रोगीको मृत्यु भएको छ भने ८ जना नियमित औषधि सेवन तथा प्रत्यक्ष स्वास्थ्यकर्मीको निगराानीमा उपचार गराईरहेका छन । चालु बर्षमा समेत १ जना रोगी पत्ता लगाई निदानका निम्ति निरन्तर निगरानिमा उपचार भईरहेको चौकि ईन्चार्ज बुढाले जानकारि दिए ।

स्वास्थ्य सचेतनाको कमिले उपचारकै क्रममा औषधि छाडने तथा निरन्तर निगरानिमा नरहने गरेका कारण टिबिका बिरामीहरु शुन्यमा झर्न नसकेको जानकारी दिंदै ईन्चार्ज बुढाले सिमापारीका बिरामी आएर स्वास्थ्य चौकीमा उपचार गर्ने र मात्रा नपुर्याएर उपचारबाट भाग्ने प्रबृत्तीले टिबिरोग समुदायमा झन बढेर जाने त्रास रहेको बताए ।
यस्ता सरुवा रोगबारे जनस्तरमा ब्यापक जनचेतनामुलक सचेतनाका कार्यक्रम सञ्चालन गर्नसके भारतबाट आफन्त नातेदारी भएर नेपाल आउने रोगीलाई समेत बेलैमा पत्ता लगाई समुदायमा सर्नबाट बचाउन सकिने स्वास्थ्य चौकि ईन्चार्ज बुढाको भनाई रहेको छ ।

स्वास्थ्य चौकि मटेहियाले कुपोषित बिरामीको समेत उपचार गर्ने गरेको छ । उपचारका अलवा कडा कुपोषित बिरामीहरुलाई अस्पताल रिफर, समुदायमा जनचेतना, आमा समुहमार्फत सर्तकता र स्वंयमसेवीकामार्फत उत्प्रेरणा फैलाउने गरेको छ । ७२५ जना बच्चा कुपोषित भेटिएकोमा कडा तथा जोखिममा रहेका बच्चाहरुलाई रिफर गरेको यस स्वास्थ्य चौकिले ओपिडी सेवा, गर्भवती सेवा, सुतकेरी सेवा, सुत्केरी पछिको जांच, खोप सेवा र गाउघर क्लिनिकमार्फत स्वास्थ्य सेवा दिंदै आएको छ ।

बिरामीको चाप बमोजिम प्रयाप्त स्वास्थ्य उपकरण, सिमित बजेटको औषधि र भबन आभाब मुख्य समस्या रहेको यस स्वास्थ्य चौकिको सिमापारीबाट आई अर्धउपचारको सेवा लिई समुदायमा निप्रबाह घुलमिल हुनु मुख्य चुनौति रहेको छ ।

 

Nabintech