१३ बैशाख २०८१, बिहीबार
एकै दिन थपिए ९१२ नयाँ संक्रमित, १ जनाको मृत्यु

बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • टाइम्स संवाददाता

  • २० श्रावण २०७९, शुक्रबार १५:०८

नेपालगञ्ज :  देशभर पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

३ सय ७० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ।

 

शुक्रवार बाँकेमा ११ जना कोरोना संक्रमित थपिए, कैलालीमा एकको मृत्यु

 बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ११ जनाको परीक्षण गर्दा १० र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट १ गरी ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ४ जना बाँकेका हुन् भने ७ जना जिल्ला बाहिरका हुन् । शुक्रवार संक्रमण पुष्टि भएकासँगै बाँकेमा कोरोनाका कूल संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । तिमध्ये २० हजार ७९८ जना निको भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ रहेको छ । उनीहरु सबै होमआइसोलनमा स्वास्थ्य लाभ गरिरहेको फोकलपर्सन वलीले बताए ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको शुक्रवार ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि बिहीबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

Nabintech