१५ चैत्र २०८०, बिहीबार
सत्तापक्षको सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई कुनै फरक पर्दैन: इन्चार्ज थापा

लोकत्रन्त्रको जिबन्त हिसाब आबधिक निर्बाचन भएकाले निर्बाचनको मिती घोषणा हुनु स्वागतयोग्य


  • प्रमोद रिजाल

  • २२ श्रावण २०७९, आईतवार १२:५९

नेपालगञ्ज:नेकपा एमालेका युवा नेता, पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले सत्तापक्षको सिद्धान्तबिहिन गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने बताएका छन । पुर्ब नवलपुरदेखि कैलालीको टिकापुर सम्म छरिएररहेका सम्पुर्ण प्युठानीहरुबिच भावनात्मक सम्बन्ध विकास होस भन्ने हेतुले भेटघाटका निम्ति जिल्ला दौडाहमा रहेका थापाले प्रेस चौतारी बांकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन ।

साझा मनोभाबको बिकास होस भन्ने चाहाना बमोजिम बिभिन्न पेशा ब्यबसाय एबं बसाइसरी आएका प्युठानीहरुलाई एउटै शुत्रमा गोलबद्घगरि साझा धारणा निर्माण गर्ने र छरिएर रहेकाहरुको बिचमा भाइचाराको सम्बन्धबिचमा सुमुधुरता ल्याउन आफु जिल्ला दौडाहमा रहेको थापाले पत्रकार भेटघाटमा भने ।

लोकत्रन्त्रको जिबन्त हिसाब आबधिक निर्बाचन भएकाले निर्बाचनको मिती घोषणा हुनु स्वागतयोग्य कुरा रहेको औंल्याउदै नेता तथा प्युठान जिल्ला इन्चार्ज थापाले निर्बाचन घोषणसंगै अब सरकार काम चलाउ भएको टिप्पणी गरे । निर्बाचनलाई सरकारले आफनो कर्तब्य र दायित्व बुझोस प्रमुख प्रतिपक्षसंग सत्ता पक्षहरु तर्सिएका छन अपबित्र गठबन्धन, सिद्घान्त र निती बिहिन हार्नेहरुलाई जिताउन कै निम्ति एमाललेलाइ सामुहिक प्रहारमा सत्ता पक्ष लागेको औंल्याउदै थापाले संघिय लोकतन्त्रात्रिक ब्यबस्थामा बिश्वमा कहि नभएको प्रतिपक्ष हराउन सत्तापक्ष गठबन्धनमा जानु आफैमा हारको मानसिकता र अस्तित्व नरहने डर र भयले सत्तापक्षहरुले बिभिन्न आकडा निकाल्न थालेको चर्चा गरे ।

उन्ले सिद्धान्तबिहिनहरुले एमालेको लहर देखेर गठबन्धन नभई गुठबन्धन गरिरहेका दलहरुलाई अब जनताले उनीहरुको निरहिता देखाइदिनेछन यस्ता तिक्डम र घेराबन्दिले एमाललेलाई कुनै फरक नपर्ने बताए । दलिए गठबन्धनका बिचमा पनि एमाले लोकप्रिय मतले अगाडि नै रहेको चर्चा गर्दै थापाले राष्ट्रियता, जनताको जनजिबिकाहरुलाई जोडदै राष्ट्रिय एजेण्डा कार्यान्वयनमा एमाले लामबद्घ भएको छ । एमालेको लोकप्रियता देखेर सत्तापक्षहरुलाई औडाह भएको छ । चुनाब पछि यो औडाह झन बढेर जानेमा दुई मत छैन राम्रो काम र एजेण्डा लिएर एमाले चुनाबमा होमीनेछ र एमाले सरकारमा रहदा भएका अधुरा कामहरु पुरा गर्न बहुमतका साथ फेरी एमाले सत्तामा जानेछ थापाले भने ।

Nabintech