६ बैशाख २०८१, बिहीबार
एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १३:२५

काठमाडौ : नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।  दल दर्ता गराउन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितकाे टाेली निर्वाचन आयोगमा पुगेर दल दर्ता गराउनुभएको हाे।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि अहिले दल दर्ता गर्ने कार्यको सुरुवात गरिसकेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको लागि  आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

Nabintech