१२ बैशाख २०८१, बुधबार
बांकेमा मोहर्रम पर्व धुमधामले मनाइयो ( तस्बिर सहित)

मोहर्रमको दशौँ दिनको अवसरमा इस्लाम धर्मावलम्बीले आफ्नो घर, चोक र गल्लीमा राखेका ताजियालाई नजिकैको कर्बलामा लगेर विसर्जन गर्ने गरेका छन


  • प्रमोद रिजाल

  • २४ श्रावण २०७९, मंगलवार १३:५०

नेपालगन्ज: देशभर आज मुस्लिम र हिन्दू समुदायले सामूहिकरुपमा मोहर्रम पर्व मनाएका छन। मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइन्छ। मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाहरुको बुझाइ छ। मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ।

धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन्। यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन्।

आजभन्दा एक हजार ४ सय ५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन्। हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ।

यसैबिच नेपालगञ्जमा पनि मोहर्रम पर्व धुमधामले मनाइएकोछ । मोहर्रम पर्वको अवसरमा नेपालगन्जका चोक तथा गल्ली र सडकहरुमा झकिझकाउ ताजियाले सजियका रयालिका साथ मोहर्रम पर्ब धुमधामले मनाइएको हो । मोहर्रमको दशौँ दिनको अवसरमा इस्लाम धर्मावलम्बीले आफ्नो घर, चोक र गल्लीमा राखेका ताजियालाई नजिकैको कर्बलामा लगेर विसर्जन गर्ने गरेका छन ।

मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा लाखौं रुपैयाको ताजियाको कारोबार भएको छ । मुस्लिम समुदायले घर–घरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेको कर्बलामा विसर्जन गर्ने परम्परा रहेको छ । नेपालगन्जमा एक लाख रुपैँयासम्मका ताजिया राखिएको बताउदै एक स्थानिय ब्यापारीले मुस्लिम समुदायले आफनो क्षमता र दक्षता अनुसार ताजिया राख्ने चलन रहेको उनको भनाई छ ।

मोहर्रमको विशेष दिनको अवसरमा व्रत बस्ने, गरिब निमुखालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन रहेकोछ । इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४४ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्व रहेको छ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाति ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य सहिद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन चलेको नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जानकारी बताए ।मोर्हम पर्वमा मुस्लिम युवाहरुले आफनो छाति समेत चिर्ने गरेका छन । हेरर्नोस तस्बिर

माहर्रमका अबसरमा आज जानकी गाउपालिका र नरैनापुर गाउपालिकाले सार्बजनिक बिदा दिएका छन भने नेपालगञ्ज उपमहानगरपालिकाले सम्पुर्ण शैक्षिक संस्थाहरुलाई पर्ब बिदा दिएको छ ।

Nabintech