१३ बैशाख २०८१, बिहीबार
तीन महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७९, बुधबार १५:५९

दाङ : दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।

साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।

अदालतको आदेशको सम्मान गर्दै उपकुलपती कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको विश्विद्यालयले आन्दोलनरत विद्यार्थी संघले जनाएको छ ।

विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाइ ताला खोल्न आदेश अन्तिरिम आदेश जारी गरेको थियो ।

त्यस्तै अनेरास्वयुले विश्विद्यालयको शिक्षा आयोगको शाखा लगाएको ताला पनि मंगलवार खोलिएको छ । त्यसअघि नेविसंले शिक्षा आयोगमा ताला लगाएको थियो ।

ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका राजिष्ट्रार माधव अधिकारीले बताए ।आन्दोलनतर नेविसंघले १४ बुदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए ।

Nabintech