१६ चैत्र २०८०, शुक्रबार
क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७९, बुधबार १६:११

काठमाडौं :  बालाजु बाइसधारामा आगलागी भएको छ। वान वर्ल्ड फूट वेयरमा आगो लागेको प्रहरीले जनाएको छ। आगो नियन्त्रण लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब ४ सय जना खटिएको  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले काठमाडौं, ललितपुर भक्तपुर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दमकल बोलाइएको थियो। अहिलेसम्म आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।  अहिले आगो नियन्त्रणमा आइसकेको छ।

 

Nabintech