७ बैशाख २०८१, शुक्रबार
कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७९, बुधबार १६:३९

कीर्तिपुर: कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।

घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

‘लुटमा संलग्नहरुबारे अनुसन्धान भइरहेको छ’ एसपी मैनाली भन्छन्–‘घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४ जनाको समुह घरमा प्रवेश गरेर लुटपाट गरी भागेको थाहा भएको छ । लुटेरा समूहले घरमा छिरेपछि भने–‘तपाईहरु चुपचाप बस्नुस्, अवैध सामान छ भन्ने सूचना आएर हामी आएका हौं ।’ त्यसपछि घरधनीले उनीहरुलाई सोधे–‘तपाइहरु कहाँबाट आएको ?’ लुटेराले जवाफ दिए–‘हामी जंगलबाट आएका हौं ।’

उनीहरुले सुनका गहना बाहेक १ लाख नगद लुटेर लगेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

Nabintech