६ चैत्र २०८०, मंगलवार
जुम्लि कथामा आधारित चलचित्र ‘प्रकाश’ भाद्र १० बाट बजारमा

अधिकाशं छायांकन जुम्लामा गरिएको चलचित्र नेपालीपनको नया आयाम


  • प्रमोद रिजाल

  • २६ श्रावण २०७९, बिहीबार १५:४३

 नेपालगञ्ज: जुम्लि कथामा आधारित चलचित्र ‘प्रकाश’ भाद्र १० बाट नेपाली सिने बजारमा आउने भएको छ । नेपाली चलचित्र क्षेत्रमा बेग्लै कथा बस्तु समेटि जुम्लि परमपरा र रितिरिवाजका आधारित तयार पारीएको नेपाली कथानक चलचित्र  ‘प्रकाश’ भाद्र १० गते नेपालगञ्ज लगाएत देशभर एकैसाथ रिलिज हुने भएको छ । जुम्ला जिल्लाको जनजिबिकालाई कथाबस्तुको सार मानेर निर्माण गरिएको यस चलचित्रको छायांकन समेत जुम्ला सदरमुकाम खलंगा र तिर्खु गाउमा गरिएको  ‘प्रकाश’ चलचित्र टिमले बताएको छ । अधिकाशं छायांकन जुम्लामा गरिएको चलचित्र नेपालीपनको नया आयाम भएको बताइएको छ ।

जुम्लाको स्थानिय भाषा, संस्कृती रहन सहन, बोलिचालि, संस्कार परम्परा र त्यहाका नागरिकले दैनिक जिबनयापन गर्दा भोगेका भोगाईलाई समेत समेटिएको यस चलचित्रमा नायक प्रदिप खडका र नायीका दिपा मास्केले अभिनय गरेका छन । नेपालगञ्जमा बिहिबार पत्रकार सम्मेलन गर्दै चलचित्रकर्मीहरुले ‘प्रकाश’ चलचित्र समाजको बास्तबिक दपार्ण भएको बताएका छन ।

महेन्द्र अधिकारी निर्माता रहेको यस चलचित्रको लागत २ करोड ५० लाख रुपैया रहेको छ भने रिलिज पुर्ब नै चलचित्र बितरण गरि ८० प्रतिशत लागत उठाईसकिएको निर्माता निर्देशक मनोज जोशिले भने । चलचित्र पत्रकार संघ बांकेले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र लेखक विकास सुबेदीको उपस्थिती रहेको थियो ।

उन्ले प्रेम गित २ को टिम समेत यस चलचित्रमा रहेकाले नेपाली चलचित्र बजारमा ‘प्रकाश’ले उर्जावान इटा थपिएको मात्र नभई बिश्व चलचित्र बजारमा नेपाली चलचित्र चिनाउन मद्धत पुगनेमा बिशवास ब्यक्त गरे । निर्देशक दिनेश राउत रहेको ‘प्रकाश’चलचित्रले समाजमा चेतनाको दियो बाल्दै समाजलाई सकारात्मक दिशामा लैजाने बिश्वास ब्यक्त गरिएको छ । पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण तथा सञ्चालन सञ्चारकर्मी समिरमान श्रेष्ठले गरेका थिए ।

Nabintech