काठमाडौं – चुनावी प्रयोजनका लागि शनिबारसम्म ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी लगायत प्रमुख दलले दल दर्ता गराएको आयोगले जानकारी दिएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले हालसम्म दर्ता गराएका छैनन् । हाल निर्वाचन आयोगले सार्वजनिक बिदाका दिनमा पनि काम गर्दैै आएको छ ।