१ बैशाख २०८३, मंगलवार
टन्क तिमिल्सिनाको बेजोड प्रस्तुती

  • टाइम्स संवाददाता

  • १ बैशाख २०८३, मंगलवार २०:३४

नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा “प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान एवं वृहत सांगीतिक कार्यक्रम- २०८२/०८३” आयोजना भएको छ। मगर समुदायको मौलिक पहिचान झल्काउने यस महोत्सवले स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
नयाँ बर्षको पहिलो दिन आज चर्चित गायक टन्क तिमिल्सिना ले आफ्नो बेजोड प्रस्तुती दिएक थिए । कार्यक्रममा स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए ।

मगर समुदायको मौलिक भाषा, संस्कृति, भेषभूषा तथा परम्परागत खानपानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम २०८२ साल चैत ३० गतेदेखि २०८३ साल वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। कोहलपुर नगरपालिका(११ स्थित खुला मञ्चमा हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने बताइएको छ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, परम्परागत खानाका स्टल, बालउद्यानजस्ता आकर्षण समावेश गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँके का अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिए।

कार्यक्रम सफल बनाउन सम्पूर्ण स्थानीय बासिन्दा, संस्कृति प्रेमी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

कार्यक्रम अवलोकनका लागि साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७५ रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Nabintech