८ बैशाख २०८१, शनिबार
लागुऔषधिसहित तीनजना पक्राउ

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७९, आईतवार ०९:३०

कर्णाली : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालयकाअनुसार वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ की १८ वर्षीया मनिषा घिमिरे पक्राउ परेका हुन्।  उनीहरूको साथबाट ३८० मिलिग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech