२३ मंसिर २०८१, आईतवार
स्ट्राइकर भरत खवासलाई क्याप्टेनको फुली

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार ०८:०७

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य भरत खवास नेपाली सेनाको क्याप्टेनमा बढुवा भएका छन् । प्राविधिकतर्फ उनले आइतबार क्याप्टेनको फुली लगाएका छन् । २०७१ सालमा सेकेन्ड लप्टनबाट नेपाली सेनामा सेवा सुरु गरेका उनी एक वर्षपछि लप्टन बनेका थिए । इन्फेन्ट्रीबाट सेवा सुरु गरेको उनको ब्याचबाट धेरै जना २०७५ सालमै क्याप्टेन बनेका थिए ।  तर सेवा परिवर्तन गर्दै प्राविधिकतर्फ लागेपछि भरतको क्याप्टेन बन्ने समय लम्बिएको थियो । उनी सैनिक बायु सेवाअन्तर्गत फ्लाइट डिस्प्याचर हेर्छन् । यसमा फूल कर्नेलसम्मको दरबन्दी रहेको छ ।  भरत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका कप्तान पनि हुन् ।
उच्च लयमा रहेकै बेला नेपाली सेनामा जागिर सुरु गरेका भरत नेपाली फुटबलले पाएका प्रतिभावान् खेलाडी मानिन्छन् । उनी एन्फा एकेडेमीका उत्पादन हुन् ।

Nabintech