१३ बैशाख २०८१, बिहीबार
आजको संसद बैठकमा नागरिकता विधेयक फिर्ताको पत्र पेश हुने

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार ०८:१३

काठमाडौं-  प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।  मंगलबार बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने कार्यसूची रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन्।

 

Nabintech