१६ चैत्र २०८०, शुक्रबार
तेस्रोपटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार १५:१७

काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने झनै चुलिने भएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ । यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । यस्तै, नेपाल सरकारले टेकुको जग्गा धितो राखेर दिएको ऋणको किस्तासमेत बुझाउनुपर्दा निगमको मासिक घाटा ७५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

 

Nabintech