१४ बैशाख २०८१, शुक्रबार
सल्यान बाटुले गाउँमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १४:४५

सल्यान: सल्यानको कालिमाटी गाउँपालिका–२ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो ।

कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधको दुईवटा गोरु मारेको थियो भने एउटा गोरुलाई घाइते बनाएको थियो ।

घुईबारी प्रहरी चौकीका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली सल्यानमा पुगेको थियो । सो टोलीले गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको अबस्थामा बाघ नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको बाघ बुधबार नै बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार बर्दिया र सल्यानमा नियन्त्रणमा लिएको एउटै बाघ भएको हो ।

Nabintech