६ बैशाख २०८१, बिहीबार
काबुलको एक मस्जिदमा बम विष्फोट, २० जनाको मृत्यु, ४० जना घाइते

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार ०६:५४

एजेन्सी- अफगानिस्तानको काबुलमा बम विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  काबुलस्थित एक मस्जिदमा बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विष्फोटमा परी ४० जना घाइते भएका छन् ।  विष्फोट पछि सो इलाका तालिबानको सुरक्षा गार्डले शील गरेको बताइएको छ । समाचार तयार पार्दासम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् ।

विगत केही महिनादेखि मस्जिदलाई निशाना बनाई हमला भइरहेको समाचार एजेन्सीहरूले बताएका छन् ।

Nabintech