८ बैशाख २०८१, शनिबार
बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार ०९:०३

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान ५ बजे चन्द्रपुरको लच्कामा ठोक्किएका हुन्।

घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै गोडामा चोट लागेको छ। उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nabintech