१४ बैशाख २०८१, शुक्रबार
शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र होस्टेलमा झुण्डिएको अवस्थामा फेला

मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएकोछ


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार ११:१५

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत एक छात्र झुण्डिएको अवस्थामा फेला परेको कोहलपुर प्रहरीले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा नेपालगन्जमा सिद्धार्थ बैश्य झुण्डीएको अवस्थामा फेला परेका हुन् । यसबारे थप अनुसन्धान आडि बढाइएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए । ‘अहिले म यही घटनास्थलमा नै छु’ ‘यसबारे हामीले गहन रुपमा अनुसन्धान थालेका छौं ।  मृतक बैश्यको कोठाबाट प्रहरीले सुसाईड नोट समेत भेटेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Nabintech