१४ बैशाख २०८१, शुक्रबार
मिसेस नेपालगञ्ज २०७९: पहिलो अडिसन बाट छानिए २१ जना (फोटो फिचर)

६७ जना प्रतिस्पर्धि मध्ये बाट २१ जना महीला छनोट भएका हुन


  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७९, शुक्रबार १३:३२

नेपालगन्ज: नेपालगञ्जमा जारि अवधि मिडिया ग्रुप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजन को आयोजनामा तिज नृत्य प्रतियोगिता संगै फेसन सो र मिसेज नेपालगञ्जको पहीलो अडिसन सम्पन्न भएको छ ।  मिसेज नेपालगञ्जको लागि भएको पहीलो अडिसन बाट २१ जना गृहणी महीला छनोटमा पर्न सफल भएका हुन् ।

गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ । मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी ,गिता क्षेत्री वर्नवाल ,नृत्य निर्देशक भरत महतो , कृष्णा पोण्डे लगायत रहेका थिए ।

नृत्य बिधाको अडिसन भने भोली शनिबार ४ गते मेरो प्लानेटमा ११ बजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताए । प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने जनाईएको छ  । प्रतियोगितामा नृत्य र फेसन संगै मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

Nabintech