१६ चैत्र २०८०, शुक्रबार
५ लाख डोज कोरनाबिरुद्दको खोप गयो खेर

६ महिनापछि भने खोपको प्रभावकारी घट्दै डब्लुएचओले जनाएको छ


  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार ०८:०७

काठमाडौं: कुनै समय कोरोनाविरुद्धको खोप लगाउन घण्टौँ सम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो। गत वर्ष यही समयमा खोपको माग यति थियो कि माग अनुसारको खोपको पुर्‍याउन नसक्दा खोपमा कालो बजारी समेत भएको थियो। तर अहिले समयमा नै लगाउन नसक्दा नेपालमा करिब ५ लाख डोज कोरोना विरुद्धको खोप म्याद गुज्रिएर खेर गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बढेबाबु थापाका अनुसार लगभग ५ लाख डोज खोप खेर गएको आँकडा आएको बताए।

उनकाअनुसार खेर गएको खोप धेरै कोभिसिल्ड रहेको समेत बताए। ‘कुन प्रदेशमा कति खोप खेर गयो भन्ने तथ्याङ्क अझै एकिन भएको त छैन तर देशभर ५ लाख खोप खेर गएको देखिएको छ’

कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन सात गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर गएको हो।

यता खोप खेर गइरहेको छ भने अर्को तर्फ यता गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा सिनोभ्याक्स खोप भण्डार कक्षमै थन्किएर बसेको छ। सो खोप ल्याएर प्रयोग नगरीकन टेकु स्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ। साइनोभ्याक्स खोपको भने दुई वर्षसम्म लगाउन मिल्ने म्याद रहेको आपूर्ति शाखाले जनाएको छ।

हालसम्म नेपालमा कति खोप लगाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा ६ करोड १७ लाख ७६ हजार ७७० डोज खोप आएको छ। जसमा हालसम्म ५ करोड ६ लाख ५५ हजार ५ सय ३ डोज खोप लगाइएको छ। जस अन्तर्गत ९४ प्रतिशतले एक डोज र ९१ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन भने ७५ लाख १९ हजार ५७१ जनाले बुस्टर डोज खोप लगाएका छन।

नेपालमा हाल मोडर्ना, फाइजर, अस्ट्राजेनिका, कोभिसिल्ड,भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप हाल प्रयोगमा ल्याइएको छ।

यस कारण खेर गइरहेको छ खोप

नेपालमा तीव्ररुपमा डेल्टा भाइरस संक्रमण बढेको समयमा कोरोना विरुद्धको खोपको व्यापक माग भए पनि पछिल्लो दिनहरुमा नेपालमा खोप प्रति जनताले नै चासो दिएको पाइएको छैन जसले गर्दा पनि खोप खेर गइरहेको छ।

अर्को तर्फ विवरण प्रणाली व्यवस्थित रूपले गर्न नसक्दा खोप खेर गएको र लगाउनु पर्ने जनताको हिसाव नगरी पाइयो भन्दै एकैपटक धेरै खोप ल्याएर थन्काउँदा पनि खोप खेर गएको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका कर्मचारी बताउँछन्। ‘लक्षित जनसंख्या र भएको खोप सकिन लागेपछि खोप ल्याउने गरेको भए खोप खेर नजान सक्थ्यो। पाइयो भन्दै धेरै खोप ल्याइयो र त्यही समयमा संक्रमण कम हुँदै जादा जनताले खोप प्रति खासै चासो दिएको पाइएन जसले गर्दा खोप खेर गयो’ आपूर्ति शाखाका एक कर्मचारीले भने।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोभिड १९ विरुद्ध खोपको पहिलो डोज लगाएपछि गम्भीर रोग र मृत्युबाट ६५ प्रतिशतभन्दा बढी र बुस्टर डोजपछि ८५ प्रतिशतभन्दा बढी सुरक्षा दिन्छ। तर ६ महिनापछि भने खोपको प्रभावकारी घट्दै डब्लुएचओ ले जनाएको छ।

Nabintech