७ बैशाख २०८१, शुक्रबार
६५८ जना संक्रमित भेटिँदा एक जनाको मृत्यु, बाँकेमा तीन जनामा कोरोना पुष्टि

मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २९६ जना कोभिडका सक्रिय संक्रमित रहेका छन


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार १६:०३

काठमाडौं : सोमबार देशभर ६ सय ५८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६४३ जनामा गरिएको परीक्षणमा ६ सय ५८ जना संक्रमित भेटिएका हुन्।

आज एक जना संक्रमितको मृत्यु भएको छ। यस्तै ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २९६ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमित मध्ये १ जना भेन्टिलेटरमा, ५० जना आइसियूमा, १६२ जना संस्थागत आइसोलेशन र ४ हजार १३४ जना होम आइसोलेशनमा रहेका छन्। यस्तै हाल काठमाडौंमा २०९१ जना ललितपुरमा ७१२ जना र ६७ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

बाँकेमा तीन जनामा कोरोना पुष्टि

बाँकेमा सोमवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३२० पुगेको छ । यस्तै सोमवार थप ६ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९९६ पुगेको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५० जना होमआइसमा बसिरहेका छन् ।

Nabintech