७ बैशाख २०८१, शुक्रबार
युनेस्को क्लवले बाँकेको खजुरामा जडान गर्यो सयवटा खानेपानीको धारा

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १०:०४

नेपालगञ्ज : कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले बाँकेको खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि सयवटा खानेपानीको धारा जडान गरेको छ । खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।

उनले विपन्नताको कारण खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६ सय जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको दाबी गरे । विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियामा रहेको कतार च्यारिटी नेपालका निर्देशक ईर्शाद अलि शेषले जानकारी दिए । उनले विपन्नलाई अति आवश्यक सहयोग कतार च्यारिटीले गर्दै आएको बताए ।

खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत घर नजिकै खानेपानीको धारा नभएका र धारा भए पनि निकै कम गहिराईमा जडान गरिएका धाराका पानी खान बाध्य भएका परिवारलाई आवश्यकता अनुसार धारा जडान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले धारा जडान भएपछि सयौं विपन्न परिवारलाई खानेपानीमा धेरै सहजता भएको जनाउँदै यो राम्रो कामका लागि कतार च्यारिटी र बाँके युनेस्को क्लबलाई आभार व्यक्त गरे । ्क्लबले बाँकेमा कतार च्यारिटीको सहयोगमा विपन्न र असहायका लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

Nabintech