७ बैशाख २०८१, शुक्रबार
वन तथा वातावरण संरक्षण बिषयक अन्तरक्रियासंगै सञ्चारीका समुह बाँकेले खायो दर

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १६:०६

नेपालगञ्ज : संचारिका समूह बाँकेले तीजको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया तथा दर कार्यक्रम सम्पन्न गरेको छ । समूहका बाँके अध्यक्ष रुपनी जिएमको सभापतित्वमा भएको कार्यक्रममा महिला पत्रकारहरु सहभागी थिए ।

वन तथा वातावरण संरक्षणका बिषयमा महिला पत्रकारसँग अन्तरक्रिया नाम दिइएको उक्त कार्यक्रममा जिल्ला वन कार्यालयले आर्थिक सहयोग गरेको बताइएको छ ।

वन तथा वातावरण संरक्षणमा महिलाहरुको भूमिका समेत महत्वपूर्ण भएकाले महिला पत्रकारसँग अन्तरक्रिया गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेश खड्काले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत ज्योति घिमिरे लगायतले शुभकामना दिएका थिए ।

Nabintech