१३ बैशाख २०८१, बिहीबार
थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १६:२४

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।
बांके अपडेट
भेरी अस्पतालमा २१ जनाको पिसिआर जाँच गर्दा बाँकेका ३ जनामा कोभिड पुस्टि भयको छ । यो सङै हाल सम्म बाँकेका २१३२० जना सक्रमितको सख्या पुगेको छ भने बाँकेमा ६ जना डिस्चार्ज भय सङै जम्मा २०९१६ जना निको भैसकेका छ्न । अब बाकेमा ५१ जना सकृय सन्क्रमित रहेका छन । संक्रमित मध्य भेरी अस्पतालमा १ जना उपचारार्थ रहेका छन भने ५० जना होम आइसोलेसनमा रहेका छन ।
Nabintech